• बिहिबार, साउन १४ २०८३

कोभिड प्रतिकार्यमा सघाउन गोरखाका बिभिन्न निकायलाई स्वास्थ्य सामाग्री सहयोग


बुधबार, जेष्ठ १२ २०७८
725
Shares

गोरखा । भूकम्प पश्चात गोरखा जिल्लामा निजी आवास पुनर्निर्माणमा काम गरिरहेको भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले आफ्नो कार्यक्षेत्र रहेका गोरखाको २ नगरपालिका र ५ गाँउपालिकामा कोभिड १९ प्रतिकार्य सम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तण गरेको छ ।

परियोजनाको कार्यक्षेत्र रहेको गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, शहिदलखन गाँउपालिका, धार्चे गाँउपालिका,गण्डकी गाँउपालिका, अजिरकोट गाँउपालिका र आरुघाट गाँउपालिकामा सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

साथै परियोजनालो गोरखा अस्पताल र आँप पिपल अस्पतालका साथै शव व्यवस्थापनका लागि आवश्यक पर्ने प्रतिकार्य सामग्री समेत मंगलबार एक कार्यक्रमका विच सम्बन्धित निकायलाई हस्तान्त्रण गरिएको हो ।

कोभिड प्रतिकार्यमा सहयोग पुग्ने भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) तथा सिड्स टेक्निकल सर्भिसेस् प्रा.लि. (एसटिएस नेपाल) को सहयोगमा सामाग्री हस्तान्तरण गरिएको परियोजना जिल्ला संयोजक घनश्याम खतिवडाले जानकारी दिए ।

परियोजनाले सहयोग गरेको स्वास्थ्य सामग्रीमा पि. पि. ई सेट – पि. पि. ई सुट, फेस सिल्ड, ग्लोव्स्, सर्जिकल मास्क र बुट १०० सेट, अक्सिमिटर ५५ थान, फेस सिल्ड ५०० थान, सर्जिकल ग्लोव्स ३०० जोडी, एन ९५ मास्क ४२० थान, हयान्ड स्यानिटाईजर २८ लिटर, अक्सिजन मास्क १० थान, एडजष्टेबल भेनिचुरी मास्क १०, हयाण्ड वास सोलुसन २०, स्क्रब गाउन २०, डिस्पोजेवल ग्लोव्स् ६० प्याकेट र एन्टिजेन किट २५ थान लगायतका कोभिड प्रतिकार्य सम्बन्धी सामग्री रहेको संयोजक खतिवडाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार