• सोमबार, असोज १२ २०८३

अक्सिजन सिलिन्डर उत्पादन अब नेपालमै


बुधबार, जेष्ठ १२ २०७८
590
Shares

नेपाल विज्ञान तथा प्रतिष्ठान (नास्ट) का अनुसार अक्सिजन सिलिन्डरको दोस्रो परीक्षण पनि सफल भएकाले अक्सिजन सिलिन्डर उत्पादन नेपालमै गर्ने तयारी भइरहेको बताएको छ।

अक्सिजन सिलिन्डरको व्यावसायिक उत्पादनका लागि निजी क्षेत्रलाई पनि खुला गर्ने तयारी भइरहेको नास्टका अधिकारीले बताएका छन्।

कोरोना संक्रमितको उपचार क्रममा देशव्यापी रूपमा अक्सिजन सिलिन्डर अभाव भएपछि नेपालमै यसको उत्पादन परिक्षणका लागि नास्टले परीक्षण सुरु गरेको थियो।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ ले मंगलबार अक्सिजन सिलिन्डरको परीक्षणको अवलोकन समेत गरेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार