• बिहिबार, साउन १४ २०८३

जन आदर्श सेवा समाजद्वारा गोरखामा स्वास्थ्य सामाग्री वितरण


बुधबार, जेष्ठ १२ २०७८
1.3K
Shares

गोरखा । जन आदर्श सेवा समाजले गोरखामा स्वास्थ्य सुरक्षाका सामाग्री सहयाेग गरेकाे छ । समाजले जिल्लाकाे भिमसेन थापा गाउँपालिका २ स्थानीयलाई स्वास्थ्य सामाग्रीहरु सहयाेग गरेकाे हाे ।

बढ्दो महामारीलाई राेक्न र संक्रमण थप फैलिन नदिने उदेश्यले सुरक्षाका सामाग्री समाजका अध्यक्ष सन्तोष भट्टराइले जानकारी दिए ।

उक्त संस्थाले मास्क, स्यानीटाईजर, थर्ममिटर, डिटोल, क्लोरिन, अक्सिमिटर लगायत विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेको हो ।

उक्त वडामा सहयोग गरिएका सामाग्रीहरु भिमसेन थापा २ का वडा अध्यक्ष नारायण भट्टराई , दार्मे टोल सुधार समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराई , पधेरे टोल सुधार समितिका अध्यक्ष बिक्रम थापा र अर्चले टोल सुधार समितिका अध्यक्ष देबी प्रसाद भट्टराईलाई हस्तान्तरण गरिएको हो ।

सहयाेग गरिएका सामाग्रीमा १३१ प्याक सर्जिकल मास्क, ३५ लिटर सेनिटाइजर, १० लिटर क्लाेरिन, थर्माेमिटर ५५ सेट, ग्लाेप्स ५० सेट, ८८ प्याक भिटामिन सी, ३०० थान काेरियन मास्क, डिटाेल ३०० थान र अक्सिमिटर १ थान रहेकाे समाजका सचिव महेश भट्टराईले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार