• सोमबार, असोज १२ २०८३

सरकारी गाडी दिउँसो चल्न नपाउने


मंगलबार, जेष्ठ ११ २०७८
610
Shares

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागी भनेर जारी गरिएको निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारी साधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारी साधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

प्रशासनले निर्माण कार्यका सवारी साधन पनि सञ्चालनमा रोक लगाएको छ । मंगलबार चौथो पटक निषेधको आदेश थप्दै प्रशासनले निषेधाज्ञामा कडा प्रावधान ल्याएको हो ।

यो अवधिमा संक्रमण दर घटे क्रमशः विभिन्न क्षेत्रलाई खुकुलो पार्दै लैजाने गृह मन्त्रालयको तयारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार