• बिहिबार, साउन १४ २०८३

गोरखा नगरपालिकामा थप ५० जनामा काेराेना संक्रमण


मंगलबार, जेष्ठ ११ २०७८
825
Shares

गोरखा । गोरखा नगरपालिकामा थप ५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

गोरखा नगरपालिकाले बिभिन्न वडामा गत जेठ २, ४ र ५ गते संकलन गरेको पिसिआरको नमुनाबाट थप ५० जना संक्रमित थपिएका हुन ।

जसमा गाेरखा नगरपालिका वडा नम्बर ६ का ४ महिला र ४ पुरुष गरी ८ जना, वडा नम्बर ९ काे २ पुरुष, वडा नम्बर १ काे २ महिला र ३ पुरुष गरी ५ जना, २ काे ६ महिला र ७ पुरुष गरी १३ जनामा संक्रमण देखिएकाे स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक निश्चल अर्यालले सिभिलखबरलाई जानकारी दिए ।

त्यस्तै वडा नम्बर ४ मा ५ महिला र ६ पुरुष गरी ११ जना, ३ मा ४ महिला, ८ मा २ महिला र २ पुरुष गरी ४ जना र वडा नम्बर ९ मा एक पुरुषमा संक्रमण पुष्टि भएकाे अर्यालले बताए ।

यसैगरी नगरपालिकाभित्रै स्वाव संकलन गराएका शहिद लखन गाउँपालिका ७ का १ महिला र १ पुरुषमा समेत संक्रमण देखिएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार