• बिहिबार, साउन १४ २०८३

आज थप ८ हजार ६ सय ३६ मा संक्रमण पुष्टि, १६९ जनाको मृत्यु


मंगलबार, जेष्ठ ११ २०७८
595
Shares


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाभित्रै मुलुकभर १ सय ६९ जनाको मृत्यु भएको छ।

मुलुकभरमा बिभिन्न ९१ वटा प्रयोगशालामा गरिएको २२ हजार ९ सय ३६ परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार २२ हजार ३०६ पिसीआर र ६ सय ३० एन्टिजेन परीक्षण गरिएको थियो। जसमध्ये एन्टीजेन परीक्षणबाट २ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ भने पिसीआर परीक्षणमा ८ हजार ३ सय ८७ जनामा पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ४०४ जना संक्रमणमुक्त भएका छन्। यो सँगै मुलुकमा ४ लाख ४८ हजार ८७ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २ सय ६७ जना छन्। जसमध्ये १ हजार ६ सय ७२ जना आइसियू र ४ सय ४७ जना भेन्टिलेटरमा उपचाररत छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार