• बिहिबार, साउन १४ २०८३

लक्ष्मण मेमोरियल ट्रष्टद्वारा गोरखाका स्वास्थ्य संस्थालाई सहयोग


मंगलबार, जेष्ठ ११ २०७८
1K
Shares


गोरखा। लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखाका बिभिन्न संस्थाहरुलाई स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ ।

ट्रस्टले सामाजिक उत्तरदायित्व अर्न्र्तगत जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरुलाई ८ थान अक्सिजन कन्सेन्ट्रेक्टर उपलब्ध गराएको हो ।

जिल्लाको भित्रका बिभिन्न क्षेत्रमा कोरोना फैलिन थालेपछि संक्रमण रोकथाम र न्युनीकरणका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको संस्थाले जनाएको छ ।

ट्रष्टले मनकामना हेल्थ पोष्ट १, घैरुङ अस्थायी कोभिड अस्पताल २, बुंगकोट हेल्थ पोष्ट १, माई मनकामना सहकारी अस्पताल १, आइसोलेशन सेन्टर अफ इच्छा कामना ग्रामीण मेट्रोपोलिटन २ र मुग्लिन हाइवे अस्पताललाई १ थान उक्त सामग्री उपलब्ध गराएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार