• सोमबार, असोज १२ २०८३

मलेसियाको टनेलभित्र ठोक्किए दुई रेल, २ सय बढी यात्रु घाइते


मंगलबार, जेष्ठ ११ २०७८
680
Shares


मलेसियाको राजधानीको क्वालालम्पुर नजिकैको भूमिगत रेलमार्गमा दुई रेल ठोक्किँदा २ सय बढी यात्रु घाइते भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मलेसियाको पेट्रोनाज ट्वीन टावर नजिकैको टनेलमा सोमबार राति स्थानीय समयअनुसार पौने ९ बजे एउटा खाली रेल र अर्को यात्रुवाहक रेल ठोक्किएका हुन्।

विपरीत दिशामा गइरहेका दुबै रेल एउटै ट्र्याकमा भएकाले दुर्घटना भएको हो। तीमध्ये खाली रेल मर्मतपछि ल्याइएको थियो।

रेल वे ट्राफिकका कर्मचारीहरूले सञ्चार गर्दा फरक परेकाले दुबै रेल एउटै ट्र्याकमा कुदेको हुन सक्ने बताइएको छ।

घाइतेमध्ये ४७ जनाको अवस्था गम्भीर छ भने बाँकी सामान्य छन्।

मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले दुर्घटनालाई गम्भीर भन्दै विस्तृत छानबिन गर्न निर्देशन दिएका छन्।

यातायात मन्त्री वी का सियोङले उक्त मेट्रो रेलको २३ वर्षे इतिहासमा यो ठूलो दुर्घटना भएको बताएका छन्। एजेन्सी

Scores injured as metro trains crash in Malaysia's Kuala Lumpur

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार