• सोमबार, असोज १२ २०८३

एम्बुलेन्समा गाँजा ओसारपसार गरेको आरोपमा दुई पक्राउ


मंगलबार, जेष्ठ ११ २०७८
885
Shares


काठमाडौं । एम्बुलेन्समा गाँजा ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

धरान उपमहानगरपालिका—१५ का ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटा सहिदभूमि गाउँपालिका—१ का २८ वर्षीय पोशन राईलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

भेडेटारबाट धरान आइरहेको को१च ५५५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले एक सय किलो गाँजा बरामद गरेको थियो। धरान—२ स्थित सडकमा प्रहरीले एम्बुलेन्स रोकेर तलासी लिएको थियो।

लिम्बु एम्बुलेन्स चालक हुन्। उनीहरूलाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार