काठमाडौं । विश्वकप छनोट खेल खेल्न आज राति १० बजे कतार एयरवेजबाट नेपाली राष्ट्रिय फुटबल टोली इराक जाँदैछ ।

इराकसँगको मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट र एसियन कप २०२३ छनोट खेलका लागि २३ खेलाडी र १२ जना अफिसीयल गरि ३५ जनाको टोली आज इराक जान लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको हो ।

नेपाल र इराकको राष्ट्रिय टोलीबीच जेठ १५ गते हुने मैत्रीपूर्ण खेल हुँदैछ। जेठ १६ गते नेपाली टोली स्थलमार्ग हुँदै कुवेत जानेछ। कुवेतमा नेपाली टोलीले विश्वकप र एसिया कप छनोटको खेल खेल्नेछ। नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ।

नेपाली राष्ट्रिय टोलीमा गोलरक्षकः किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा
इराक जानुअघि गरिएको कोरोना भाइरसको पीसीआर परिक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ।
