• सोमबार, असोज १२ २०८३

गोरखामा भेटियो संरक्षित कालो सालक


मंगलबार, जेष्ठ ११ २०७८
1.2K
Shares

गोरखा । गोरखामा संरक्षित कालो सालक फेला परेको छ ।

गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा कालो सालक फेला पारेको हो । जिल्ला वन कार्यालय गोरखाले उक्त सालकको उद्धार गरिएको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी महेश पौडेलका अनुसार सोमबार आरुघाट गाउँपालिका ९ मा अलपत्र परेको अवस्थामा भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक सामुदायिक वनमा ल्याएर छोडिएको बताए ।

नगरपालिकाको ठूलो वन क्षेत्रमा पनि यसअघि धेरै पटक सालक फेला परेको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार