• बुधबार, साउन १३ २०८३

गोरखा नगरपालिका र प्रहरीलाई छिमेकीकाे सहयाेग


सोमबार, जेष्ठ १० २०७८
1.1K
Shares

गोरखा । छिमेकी लघुवित्त वित्तिय संस्थाले काेराेना संक्रमितकाे उपचारका लागि भन्दै गोरखा नगरपालिकालाई नगद सहयाेग गरेकाे छ ।

संस्थाका शाखा प्रमुख अर्जुन थापाले साेमबार गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई ३५ हजार नगद हस्तान्तरण गरेकाे हुन ।

‘यस्ताे असहज परिस्थितीमा सबैजना एक जुट भएर महामारीसंग जुध्न जरुरी छ भन्ने सन्देश दिन हामीले थाेरै रकम भएपनि सहयाेग गरेका छाै’ शाखा प्रमुख थापाले भने ‘आशा छ, यसकाे उचित सदुपयाेग हुनेछ ।’

रकम बुझ्दै मेयर पन्तले याे महामारीकाे राेकथाम र ब्यवस्थापन गर्न सरकार एक्लैले नसक्ने बताए । उनले याे अवस्थामा नगरपालिकालाई सबैकाे सहयाेग र साथ आवस्यक रहेकाे भन्दै हातेमालाेका लागि आह्वान समेत गरेका छन् । साथै उनले प्राप्त सहयाेगहरु कुनै हालतमा काेही कसैबाट दुरुपयाेग हुन नदिने समेत प्रतिवद्धता ब्यक्त गरे ।

गोरखा नगरपालिका ६ बैंकराेडबाट सेवा दिइरहेकाे संस्थाले साेमबार नै जिल्ला प्रहरी कार्यालय गोरखालाई ५ हजार बराबरकाे मास्क तथा सेनिटाइजर समेत सहयाेग गरेकाे जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार