
गाेरखा । लायन्स क्लव अफ तारानगर गोरखाले जिल्लाका बिभिन्न संस्थालाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयाेग गरेकाे छ । काेराेना भाइरसकाे दाेस्राे लहरकाे जाेखिम बढ्दै गएपछि अग्रपंक्तीमा खटिने बिभिन्न निकायलाई सुरक्षाका सामाग्री सहयोग गरेकाे हाे ।
क्लबले गोरखा नगर क्षेत्रभित्र रहेका ३ वटा स्वास्थ्य चाैकी, एक वडा कार्यालय, प्रहरी चाैकी र नेपाल पत्रकार महासंघ गोरखालाइ स्वास्थ्य सामग्री प्रदान गरिएकाे अध्यक्ष सुरेन लामिछानेले जानकारी दिए ।
जसमा वडा नम्बर १२ काे स्वास्थ्य चौकिलाई १ थान थर्मल गन, बारकिलाे प्रहरी चौकि लाई १ थान थर्मलगन, १ थान अक्सिमिटर , ११ नम्वर वडा कार्यलयलाइ १ थान थर्मल गन, एक थान अक्सिमिटर सहयाेग गरिएकाे अध्यक्ष लामिछानेले सिभिलखबरलाई बताए ।
यसैगरी वडा नम्बर ११ काे स्वास्थ्य चौकिलाई १ थान थर्मल गन, ३ थान अक्सिमिटर, १० काे छेवेटार स्वास्थ्य चाैकीमा १ थान थर्मल गन, २ थान अक्सिमिटर र नेपाल पत्रकार महासंघ गोरखालाई २ थान अक्सिमिटर प्रदान गरिएकाे क्लबले जनाएकाे छ ।
साथै जिल्लामा निषेधाज्ञा सुरु भएसंगै क्लबले बारकिलो चोकमा निशुल्क पिउने पानीको व्यवस्था समेत गर्दै आएको छ।