• सोमबार, असोज १२ २०८३

माटोको ढिस्कोले पुरिएर गोरखामा दुई जनाको मृत्यु


सोमबार, जेष्ठ १० २०७८
865
Shares

गोरखा । माटोको ढिस्कोले पुरिएर गोरखामा दुईजनाको मृत्यु भएकाे छ । सिरानचोक गाउँपालिका–१ माथिल्लो भिरसिङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको हाे ।

घरको कम्पाउण्ड निर्माणमा खटिएका दुई मजदुरको माटोको ढिस्कोले पुरिएर साेमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको घरकाे पर्खाल निर्माणका लागि जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा स्थानीय ४८ वर्षीय काले गुरुङ र ३५ वर्षीय भिम बहादुर गुरुङको मृत्यु भएको डिएसपी दाहालले बताए ।

ढिस्काेले पुरेपछि स्थानीय र धारापानी प्रहरी चाैकीबाट खटिएका प्रहरीले उद्धार गरेर उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिए पनि साँझ करिब सात बजे उनीहरुलाई चिकित्सकले मृत घाेषणा गरेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार