• बुधबार, साउन १३ २०८३

बिरामी बोक्न गोरखाका मियाँले दिए वडा कार्यालयलाई नीजि गाडी


सोमबार, जेष्ठ १० २०७८
1K
Shares

गोरखा । निषेधाज्ञाको समय बिरामीलाई अस्पतालसम्म पु¥याउनका लागि सहज होस भन्दै गोरखाका एक युवाले आफ्नो नीजि गाडी वडा कार्यालयलाई हस्तान्तरण गरेका छन् ।

गोरखा नगरपालिका वडा नम्बर २ का ¥याजुदिन मियाँले कोरोना भाइरसका संक्रमित लगायत जुनसुकै बिरामीलाई असहज परिस्थितीमा अस्पतालसम्म लैजानका लागि आफु चढ्दै आएको ग ३ च २८६ नम्बरको इसुजु हाइलक्स जीप निषेधाज्ञा अवधीभरका लागि वडा कार्यालयलाई निशुल्क रुपमा सहयोग गरेका हुन ।

सोमबार कोखे आहाले शहरी स्वास्थ्य केन्द्रमा उनले वडाध्यक्ष रहमतुल्ला मियाँलाई गाडीको चावी हस्तान्तरण गरेका छन् ।

उनले वडा कार्यालयको जिम्मामा निशुल्क गाडी दिएपछि वडाध्यक्ष मियाँले एक विज्ञप्ती प्रकाशित गर्दै वडा क्षेत्रबाट सदरमुकाम लगायतका अस्पतालहरुमा बिरामीलाई आउजाउ गर्न सहज हुने विश्विास ब्यक्त गरेका छन् ।

साथै उनले असहज परिस्थिती आइपरे जुनसुकै बेला फोन गरी गाडी प्रयोग गर्न सकिने भन्दै केहि टेलिफोन नम्बरहरु समेत सार्वजानिक गरेका छन् ।

सार्वजानिक गरेका नम्बरहरु यी हुन : ९८५६०४०३३३, ९८४६३१७७०३, ९८४५५४३६०४, ९८४६२५१७१६ र ९८४६३७७३५७

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार