• सोमबार, असोज १२ २०८३

कोरोनाबाट डिएसपी खरेलको निधन


सोमबार, जेष्ठ १० २०७८
565
Shares


काठमाडौं । कोरोना संक्रमणका कारण प्रहरी नायब उपरीक्षक (डिएसपी) समिरचन्द्र खरेलको मृत्यु भएको छ।

महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा दुई सातादेखी उपचारत खरेलको सोमबार अपराह्न मृत्यु भएको हो।

उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयले खरेलको मृत्यु भएको पुष्टि गरेको छ।

खरेल २०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी २०५८ सालमा प्रहरी निरीक्षक बनेका थिए।

हाल प्रहरी उपरीक्षक (एसपी) बढुवाको क्रममा रहेका खरेल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार