काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ७ हजार २ सय २० जनामा पोजेटिभ देखिएको हो। त्यस्तै २०५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
पछिल्लो २४ घण्टामा २० हजार ४ सय ५३ जनाको नमूना परीक्षण गरिएको हो।
मन्त्रालयका अनुसार ७ हजार १ सय ३५ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसँगै ३ लाख ९८ हजार ४ सय ८३ कोरोनामुक्त भएका छन्।

त्यस्तै यस अवधिमा १ सय ८५ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ५सय ३१ पुगेको छ।
हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.६ प्रतिशत रहेको छ।
