• सोमबार, असोज १२ २०८३

सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव फेला


सोमबार, जेष्ठ १० २०७८
740
Shares

सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव फेला परेको छ।

विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा क्रिस्टोफर जोन कुलिश को क्याम्प ४ मा हृदयाघातका कारण मृत्यु भएको थियो । उनको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहुँदा सोही स्थानमा छाडिएको थियो । वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शव क्याम्प २ मा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार