काठमाडौं । मंगलबार एकैदिन १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ ।

यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो ।

गत वर्षको लकडाउन पछि सेयर बजारले दिनदिनै नयाँ रेकर्ड कायम गर्न थालको छ । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले मंगलबार नयाँ रेकर्ड राखेको छ ।
