• सोमबार, असोज १२ २०८३

जन्ती बोकेको बस दुर्घटना, १९ जना घाइते


सोमबार, जेष्ठ १० २०७८
705
Shares


जन्ती बोकेको बस दुर्घटना हुँदा बारामा १९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर र ७ जना मध्यम घाइते छन् । उनीहरु लाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ ।

८ जना सामान्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ । सोमबार बिहान ९ः५० बजे जितपुरसिमरा उपमहानगरपालिका—१६ स्थित कलैया पिलुवा सडक खण्डको डकाहा भन्ने स्थानमा बस दुर्घटनामा परेको हो ।

रौतहटबाट बिहेको जन्ति लिएर जितपुरसिमरा उपमहानगरपालिका—२० बसडिल्वातर्फ जान लागेको ना.४ ख.४७४९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

बस आफैं अनियन्त्रित भइ सडकको बायाँ साइडको खेतमा पल्टिएको थियो । बसमा ४० जना सवार थिए ।

बस चालक रौतहट चन्द्रपुर नगरपालिका—८ बस्ने ३० वर्षीय अकलेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार