• सोमबार, असोज १२ २०८३

कंगोमा ज्वालामुखी बिस्फोट हुँदा सयौं घर लाभाले पुरिए, १५ जनाको मृत्यु


सोमबार, जेष्ठ १० २०७८
625
Shares

काठमाडौं । प्रजातान्त्रिक गणराज्य कंगोमा माउन्ट नियरागोंगो ज्वालामुखी बिस्फोट हुँदा त्याहाँका सयौं घर लाभाले पुरिएका छन भने हालसम्म १५ जनाको मृत्यु भएको छ ।

कंगोको गोमा शहरमा हजारौँ मानिसहरु उक्त विस्फोट पछि यतिबेला घर छोड्न बाध्य भएका छन्। यतिबेला कंगोका हजारौँ नागरिक शरण माग्दै छिमेकी रुवान्डा पुगेका छन्। नियरागोंगो संसारको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक भएको बिबिसि ले जनाएको छ ।

त्यसैगरी युनिसेफका अनुसार ज्वालामुखी विस्फोटनको घटनामा १७० बालबालिका बेपत्ता भएको र उनीहरुको अवस्था अज्ञात भएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार