भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ७४ वर्षीय बस्नेतकोआज बिहान ३ः३० बजे निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

उनी भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित थिए ।