• बुधबार, साउन १३ २०८३

भारतमा कोरोनाबाट ३ लाख बढीको मृत्यु


सोमबार, जेष्ठ १० २०७८
585
Shares

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण तिन लाख भन्दा बढिको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३ लाख २ हजार ५४४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ४ हजार ४५४ जनाको मृत्यु भएको हो ।

भारतमा पछिल्लो केही समययता निरन्तर कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आएपनि मृत्युदर भने अझै घटेको छैन । भारतमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या भने २७ लाख २० हजारमा झरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार