काठमाडौं । कोरोना महामारी को दास्रो लहरको रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अवधि लम्ब्याउने तयारी गरिएको छ।

स्थिति अझै भयावह नै रहेकाले भोलि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कति दिन लम्ब्याउने भन्ने बारेमा निर्णय गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा लगातार निषेधाज्ञा लागू छ। यसअघि घोषित निषेधाज्ञा अवधि यही जेठ १३ गते मध्यराति सकिँदैछ।
