
गोरखा । सुरक्षित आप्रवासन परियोजना (सामी) ले निषेधाज्ञामा समेत नियमित रुपमा बैदेशिक रोजगारी सम्बन्धी जानकारी र बिभिन्न समस्यामा परेकालाई परामर्श दिदै आएको छ ।
परियोजना अन्तरगत जिल्ला प्रशासन कार्यालय गोरखामा रहेको आप्रवासी स्रोत केन्द्रले निषेधाज्ञामा समेत समस्यामा परेका वा सुचना आवस्यक रहेका नागरिकलाई टेलिफोन मार्फत वैदेशिक रोजगारीका बारे जानकारी दिइरहेको परियोजना संयोजक चन्द्र बहादुर देवकोटाले जानकारी दिए ।
परियोजनाले विगत एक बर्षअघि देखि जिल्ला प्रशासन कार्यालयमा स्रोत केन्द्र राखेर वैदेशिक रोजगारी सम्बन्धी जानकारी र समस्यामा परेकालाई समाधानका लागि सहजीकरण गर्दै आएको जनाएको छ ।
तर कोरोना भाइरसको जोखिम र निषेधाज्ञाका कारण केन्द्रसम्म नागरिकलाई आउजाउ गर्न कठिन रहेकाले परियोजनाका कर्मचारीहरुले टेलिफोन मार्फत नै समस्यामा परेका र जानकारी लिन चाहानेलाई बिभिन्न सुचना, जानकारी र परामर्श दिदै आएको संयोजक देवकोटाले जानकारी दिए ।
वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सञ्चालन गरिएको सुरक्षित आप्रवासन परियोजनाले सूचना दिने र सूचनाको पहुँच अभिवृद्धि गर्न आप्रवासी श्रोतकेन्द्रको स्थापना गरेको हो ।
परियोजनाले वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका तथा ठगीएका व्यक्तिहरुको न्यायमा पहुँच बढाउने, यसका लागि उजुरी र गुनासो सुनुवाई र कार्यान्वयनको प्रभावकारिता अभिवृद्धि गर्ने, वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई व्यवसायिक सीप तालिम दिलाउने, वित्तिय साक्षरता कक्षा सञ्चालन गर्ने लगायत सेवाहरु उपलब्ध गराउदै आएको छ ।
यससंगै बैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरुलाई घरमै गई मनोपरामर्श, सल्लाह, सुझाव समेत दिइदै आएको देवकोटाले बताए ।
तर हालको अवस्थालाई मध्यजनर गर्दै परियोजनाले सबै काम टेलिफोन मार्फत सञ्चालन गर्दै आएको जनाएको छ ।
बैदेशिक रोजगारीको बिषयस्तुका अलवा हाल परियोजना अन्त्रगत रहेका मनोसामाजिक परामर्शकर्ताले कोरोना संक्रमितहरुलाई समेत मनोमरामर्श दिदै आएको देवकोटा बताउछन् ।
नेपाल सरकार र स्वीस सरकारकाे द्धिपक्षिय सम्झाैता अनुसार श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेतृत्व र हेल्भेटास नेपालकाे सहयाेगमा गोरखा र पालुङ्गटार नगरपालिका साथै शहिद लखन र बारपाक सुलिकाेट गाउँपालिका गरी चार स्थानीय तहकाे नेतृत्वमा याे परियाेजना सञ्चालनमा छ । गोरखामा परियाेजनालाई एकिकरण नेपाल नामक संस्थाले समन्वय गरी सञ्चालन गरिरहेकाे छ ।
संस्थाले एक सुचना प्रकाशित गर्दै कुनै पनि बैदेशिक राेजगारीका बारे वा कुनै पनि परामर्श लिन परेमा आफ्ना बिभिन्न कर्मचारीलाई फोन गर्न समेत आह्वान गरेकाे छ । संस्थाले मनाेपरामर्श लिने वा लिन चाहाने ब्यक्तीकाे विवरण गोप्य राख्ने समेत जनाएकाे छ ।
हेर्नुस सूचना र सम्पर्क ब्यक्तीसहित उनीहरुका माेबाइल नम्बरहरु
