गोरखा । गोरखाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणका कारण एक वृद्धसहित थप दुई जनाको मृत्यु भएको हो ।

सिरानचोक गाँउपालिका वडा नं. २ थालाजुङका ८१ वर्षीय वृद्धको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
उनमा गत ६ गते संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा उनको शनिबार मृत्यु भएको गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै थालाजुङ स्थायी घर भई हाल चितवनमा बसोवास गर्दै आएकी एक महिलाको पनि संक्रमणबाट मृत्यु भएको छ ।
५१ वर्षीया महिलाको पनि मेडिकल कलेजमा नै उपचारको क्रममा हिजो मृत्यु हो ।
