• सोमबार, असोज १२ २०८३

गोरखा नगरपालिकाले आन्तरिक परीक्षाको आधारमा नतिजा सार्वजनिक गर्ने


आइतबार, जेष्ठ ९ २०७८
735
Shares

गोरखा । कोरोना संक्रमाणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै गोरखा नगरपालिका भित्रका विद्यालयहरुले आन्तरिक परीक्षाको आधारमा नतिजा सार्वजनिक गर्ने भएका छन् ।

नगरपालिकाको शिक्षा शाखाले पालिकाभित्रका सबै विद्यालयलाई पत्राचार गरी यसअघि लिइएका आन्तरिक परीक्षा एवं आन्तरिक मूल्याङ्कन गरी नतिजा सार्वजनिक गर्न आग्रह गरेको हो ।

कक्षा ५ र ८ को हिसाबमा नगरपालिकास्तरीय नतिजा सार्वजनिक गर्ने प्रयोजन रहेकाले सोही अनुसार अंक निर्धारण गरी आउँदो २० गतेभित्र शिक्षा शाखामा पठाउन सवै विद्यालयलाई आग्रह गरिएको छ ।

‘यसअघि विद्यालयले सञ्चालन गरेको त्रैमासिक, अर्धवार्षिक परीक्षाको प्राप्ताङ्कलाई ६० प्रतिशत र प्रधानाध्यापक, वरिष्ठ शिक्षक र कक्षा शिक्षक सम्मिलित समितिले ४० प्रतिशत अंक निर्धारण गरी नतिजा सार्वजनिक गर्न गराउनु होला’, सो पत्रमा भनिएको छ, ‘४० प्रतिशत अंक दिँदा कक्षा कार्य, परियोजना कार्य, दैनिक हाजिरी, अतिरिक्त क्रियाकलाप, व्यवहार परिवर्तन, अनुशासन, कुशल सीप, पाठ/इकाइ परीक्षा, निरन्तर मूल्यांकनलाई आधार मान्नु पर्नेछ ।’उक्त पत्रमा उल्लेख गरिएको छ ।

पछिल्लो समय कोरोनाले सबै भन्दा बढी शिक्षा क्षेत्र प्रभावित बनेको छ । विधार्थीहरुलाई जोखिम बढी हुने भन्दै निषेधाज्ञा गर्न सुरु गरे सँगै गोरखा लगायत देशै भरीका विधालयहरु बन्दा गरिएको थियो । अहिले बिधालयहरुले वैकल्पिक विधीबाट कक्षाहरु सञ्चालन गर्दै आई रहेको छ ।

आउँदो असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुने सूचनामा भनिएको छ । हाल जिल्ला भित्र एक हजार दुई सय ८० जना संक्रमित मध्ये ६ सय ७९ मात्र सक्रिय संक्रमित छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार