काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङका क्रममा सो जानकारी गराएका हुन् ।

मन्त्रालयका अनुसार थप ७ हजार ९ सय १४ जनामा कोरोना संक्रमण देखिएको छ।
आज १८ हजार ९ सय ६५ जनाको पिसिआर र ९ सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
हालसम्म कोरोनाबाट निको हुनेको दर ७६. ३ प्रतिशत रहेको उनले बताए।
पछिल्लो २४ घण्टामा १ सय ९३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित छन्।
संक्रमितमध्ये १ हजार ७ सय २१ जना आइसियूमा छन्, तिमध्ये ४ सय ८४ जना भेन्टिलेटरको सहायतामा उपचाररत छन्।
