काठमाडौं । भारतमा फेरि अर्को शक्तिशाली चक्रवात बन्न थालेको छ। ‘ताउ ते’ नामको अति शक्तिशाली चक्रवातले धनजनको क्षति गरेको केही दिन नबित्दै भारतमा अर्को शक्तिशाली चक्रवात बन्न लागेको हो ।

भारतीय मौसम विभागका अनुसार बंगालको खाडीको मध्यपूर्वी भागमा दबाब क्षेत्र बन्न सुरु गरिसकेको छ। यो यही मे २४ तारिखसम्म तीव्र वेगको चक्रवातमा परिणत हुने सम्भावना छ। जसलाई ‘यास’ भनेर नामकरण गरिएको छ।
भारतको मौसम विभागले शनिबार ट्विट गर्दै चेतावनी दिएको छ, ‘यास उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै शक्तिशाली चक्रवातमा परिणत हुनेछ। यो मे २६ साँझसम्म बंगाल वा ओडिसाका तटीय क्षेत्र हुँदै बंगलादेशबाट अगाडि बढ्नेछ।’
यसअघि भारतको गुजरातमा बज्रेको ताउते चक्रवातको प्रभाव नेपालमा पनि परेको थियो। जसले यहाँ भारी वर्षा तथा हिमपात गराएको थियो।
