• सोमबार, असोज १२ २०८३

कोरोना महामारीकाबीच अमेरिकामा अर्को संक्रमण, कुखुरासँग टाढा रहन निर्देशन


आइतबार, जेष्ठ ९ २०७८
770
Shares

???????????????????????????????????????????????????????????????????????


काठमाडौं । कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को संक्रमण देखिएको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको हो ।

This image has an empty alt attribute; its file name is cafe-de-chautari.gif

संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएपछि सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा अनुसन्धान सुरु गरेका हुन् ।

स्वास्थ्य एजेन्सीहरू भन्छन्, “मानिसहरूले कुखुरालाई चुम्नुबाट बच्नुपर्छ । साथै, सकेसम्म उनीहरूको वरिपरि घुम्नु समेत हुँदैन ।” त्यसो नगरी, यसको कीटाणुहरू तपाईंको मुखबाट शरीरमा पुग्न सक्छ र संक्रमण फैलाउन सक्छ र तपाईंलाई बिरामी बनाउन सक्छ। ”

यो चेतावनी पनि दिइएको छ कि कुखुराहरू स्वस्थ र सफा भए तापनि तिनीहरू यस कीटाणुका वाहक हुन सक्छन् । यसको कीटाणु सजिलैसँग जहाँ जहाँ कुखुरा छन् ती ठाउँहरूमा फैलिन सक्छन् ।

साल्मोनेला जीवाणु संक्रमणको एक प्रकार हो जसले ज्वरो, पखाला, कोलिक र बान्ता निम्त्याउन सक्छ। अधिकांश व्यक्तिहरू उपचारविना निको हुन्छन्, तर अधिक गम्भीर अवस्थामा मृत्यु पनि आउन सक्छ। बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार