• बुधबार, साउन १३ २०८३

एकैदिन ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त


शनिबार, जेष्ठ ८ २०७८
700
Shares


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत संक्रमित मध्ये आज ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ । निको हुने दर ७५.८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार