• बुधबार, साउन १३ २०८३

आज थपिएका संक्रमित मध्ये कुन उमेर समूहका कति ?


शनिबार, जेष्ठ ८ २०७८
590
Shares


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ८ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८ सय ४८ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। त्यस्तै यस अवधिमा १ सय २९ जनाको संक्रमणबाट मृत्यु भएको छ।

शनिबार सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०–३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २ हजार ७६ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण–
०–९ वर्ष – २२०
१०–१९ वर्ष – ६१५
२०–२९ वर्ष – १९३४
३०–३९ वर्ष – २०७६
४०–४९ वर्ष – १५०४
५०–५९ वर्ष – ११०२
६०–६९ वर्ष – ६४५
७०–७९ वर्ष – ३१९
८०–८९ वर्ष – ९२
९०–१०० वर्ष– १४
अज्ञात – ७०

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार