काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा ५ लाख ५ हजार ६ सय ४३ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ५ सय ९१ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै ३ सय ८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो।
पछिल्लो २४ घण्टामा २० हजार १०५ जनाको नमूना परीक्षण गरिएको हो।


मन्त्रालयका अनुसार ८ हजार ८ सय ४८ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। योसँगै ३ लाख ८३ हजार ६ सय ८४ कोरोनामुक्त भएका छन्।
त्यस्तै यस अवधिमा १ सय २९ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १ सय ५३ पुगेको छ।
हालसम्म कोरोनाबाट निको हुनेको दर ७५.८ प्रतिशत रहेको छ।
