• बुधबार, साउन १३ २०८३

प्रवासका गोर्खालीले पठाए ८ लाख बराबरको स्वास्थ्य सामाग्री


शनिबार, जेष्ठ ८ २०७८
650
Shares

????????????????????????????????????

गोरखा । प्रवासमा बस्ने गोर्खालीहरुले जिल्लाबासीलाई स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेका छन् ।

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढ्दै जादा उनिहरुले गोरखाका ११ वटै स्थानीय तहका नागरिकलाई स्वास्थ्य सुरक्षाका सामाग्री पठाएका हुन ।

ग्लोबल गोरखा समाज र गोरखा समाज जापानको संयुक्त पहलमा गोरखामा करिब ८ लाख बराबरको बिभिन्न सामाग्री सहयोग गरिएको छ ।

सो सामाग्री शनिबार गोरखा नगरपालिकाको कार्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरी स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको छ ।

ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारीको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका स्थानीय तह मार्फत नागरिक र नेपाल पत्रकार महासंघ गोरखा शाखा मार्फत जिल्लामा कृयाशिल पत्रकारहरुलाई अक्सिमिटर, एन्टिजिन किट, मास्क लगायतका सामाग्री हस्तान्तरण गरिएको समाजका नेपाल संयोजक विनोद पोखरेलले सिभिलखबरलाई बताए ।

जसमा अक्सिमिटर २ सय ३२ थान, एन्टिजिन किट ४ सय ५० थान र ६० हजार पिस सर्जिकल मास्क रहेको बताइएको छ ।

विपत्तिका बेला संसारभर छरिएर रहेका गोर्खालीहरु एकतावद्ध भई जिल्लाबासीलाई सहयोग गर्न पाउदा गौरब लागेको समाजका अध्यक्ष अधिकारीले बताए । समाजले यसअघि समेत बिभिन्न चरणमा जिल्लावासी र स्थानीय तहहरुलाई बिभिन्न सामाग्री सहयाेग गरिसकेकाे जनाएकाे छ ।

कार्यक्रममा मेयर पन्तसहित गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले मन्तब्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार