• सोमबार, असोज १२ २०८३

गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल—३’ को छायांकन स्थगित


शुक्रबार, जेष्ठ ७ २०७८
660
Shares

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ सिजन—३ को छायांकन स्थगित भएको छ।

 शुक्रबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रशारण नहुने जनाएको हो।

‘कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छौं’,विज्ञप्तीमा भनिएको छ,‘यो साता कुनै पनि छायांकन र कार्यक्रम नगर्ने निर्णय गर्‍यौं।’

परिस्थिति अनुकूल भए अर्को सातादेखि सो नियमित हुने आयोजकले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार