• मंगलबार, असोज १३ २०८३

बिटिएसको नयाँ म्युजिक भिडिओले बनायो रेकर्ड (भिडिओसहित)


शुक्रबार, जेष्ठ ७ २०७८
650
Shares


काठमाडौं । विश्व चर्चित कोरियन म्युजिक ब्यान्ड ‘बिटिएस’ को नयाँ म्युजिक भिडिओ ‘बटर’ सार्वजनिक भएको छ।

५ घण्टा अगाडि मात्रै सार्वजनिक भएको यो भिडिओले युट्युबमा रेकर्ड पनि तोडेको छ। म्युजिक भिडिओले १३ मिनेटमै एक करोड भ्युज पुर्‍याउन सफल भएको हो।

छोटो समयमा सबभन्दा धेरै भ्युज पुर्‍याएर बिटिएसले पहिलेको आफ्नै रेकर्ड तोडेको हो। यसअघि बिटिएसको ‘डाइनामाइट’ले २४ घन्टामा १० करोड ११ लाख भ्युज बनाएर युट्युब रेकर्ड कायम गरेको थियो।

सन् २०१० स्थापना भएको बिटिएसले सन् २०१३ मा आफ्नो पहिलो म्युजिक भिडिओ ‘टु कुल फर स्कुल’ सार्वजनिक गरेसँगै संगीत क्षेत्रमा औपचारिक रूपले प्रवेश गरेको थियो। अंग्रेजीमा ‘बुलेट प्रुफ स्काउट ब्वाइ स्काउट्स’ अर्थ दिने बिटिएस ब्यान्डमा सात युवाहरू सदस्य छन्।

यो ब्यान्डले प्रायः हिप—हप वा केपप संगीतलाई केन्द्रमा राख्छ भने गीतमा व्यक्तिगत भाव, मानसिक स्वास्थ, किशोरावस्था र युवाहरूका समस्या, प्रेम, सामाजिक विषय तथा व्यक्तित्ववादलाई जोड दिने गरेको पाइन्छ। ब्यान्डले विश्वभरका विभिन्न सांगीतिक सूचीहरूमा पनि शीर्ष स्थान ओगटेर रेकर्ड राखेको छ।

युट्युब ट्रेन्डिङमा रहेको ‘बटर’ ले अहिले ५ करोड भन्दा बढी भ्युज बनाइसकेको छ। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार