काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गरेकामध्ये ८ हजार ४०७ जनामा पोजेटिभ देखिएको हो। त्यस्तै एन्टिजेन विधिबाट परीक्षण गर्दा २०० जनाको पोजेटिभ देखिएको हो।
पछिल्लो २४ घण्टामा २३ हजार २ सय २६ जनाको नमूना परीक्षण गरिएको हो।

मन्त्रालयका अनुसार ७ हजार ८ सय ९० जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।
त्यस्तै यस अवधिमा १ सय ७७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ।
