• सोमबार, असोज १२ २०८३

वर्षातले घर भत्कँदा एक महिलाको मृत्यु


शुक्रबार, जेष्ठ ७ २०७८
1.6K
Shares


लगातार दुई दिनयता परेको वर्षातका कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका—२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीयबासी जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मी रहेको जनाइएको छ।

आज बिहान १०ः३० बजेतिर थापाको दुई तले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार