• सोमबार, असोज १२ २०८३

भारतीय वायु सेनाको लडाकु जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु


शुक्रबार, जेष्ठ ७ २०७८
825
Shares

एजेन्सी । भारतमा वायु सेनाको एउटा लडाकु जहाज दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पञ्जाबको मोगानजिकै बिहीबार राति वायु सेनाको एमआइजी —२१ लडाकु जहाज दुर्घटनामा परेको हो।

तालिमका क्रममा रहेको जहाज दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाबारे छानबिन गर्न समिति बनाइएको छ।

यो वर्ष भारतीय वायु सेनाको एमआइजी—२१ लडाकु जहाज दुर्घटनामा परेको यो तेस्रो घटना हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार