गोरखा । गोरखामा एकै दिन २ सय २३ जनामा कोरोना भाइरस (कोभिड— १९) को संक्रमण पुष्टि भएको छ ।

जिल्ला भित्रका ६ वटा पालिकामा गरी बिहीबार एकैदिन २ सय २३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय गोरखाका अनुसार एक सय ३१ जना पिसिआर र ९२ जना एन्टिजिन परीक्षणबाट पोजेटिभ देखिएका हुन् ।
संक्रमित मध्ये गोरखा नगरपालिकाका २५, बारपाक सुलिकोट गाँउपालिकाका ९९ तथा आरुघाट गाँउपालिकामा ६७ जना रहेका छन् ।


त्यस्तै सिरानचोक गाँउपालिकाका १५, शहिदलखन गाँउपालिकाका ९ र आजिरकोट गाँउपालिकाका ८ जनामा समेत संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
यो सँगै बिहिवार बेलुका सम्ममा गोरखामा सक्रिय संक्रमितको संख्या आठ सय ३३ पुगेको छ । १४ सय भन्दा बढीको रिपोर्ट आउन बाँकी नै छ । बिहीबार थपिएका संक्रमितको संख्या जिल्लामा अहिले सम्मकै उच्च रहेको छ ।
