• सोमबार, असोज १२ २०८३

चार वटा गाडी आपसमा ठोक्किदाँ तीन जना घाइते


शुक्रबार, जेष्ठ ७ २०७८
480
Shares

काठमाडौं । चार वटा सवारीसाधन एक आपसमा ठोक्किएका छन्।

शुक्रबार बिहान सूर्यविनायक नगरपालिका—९ स्थित नलिनचोकमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका हुन्।

सो दुर्घटना हुँदा तीन जना घाइते समेत भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोक जिसीले जानकारी दिए।

बिहान पौने ८ बजे जगाती जाँदै गरेको प्रदेश नम्बर ३—०१— ००३ क ६६४३ नम्बरको दूधको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १—०२—००१ ख ८४०० नम्बरको ट्रक आपसमा ठक्किएका थिए।

प्रहरी निरीक्षक जिसीका अनुसार घाइते हुनेहरू ट्रकमा सवार थिए। सो दुइटा सवारीसाधन ठक्कर खाएपछि छेउमा रहेका अन्य सवारीसाधनमा पनि ठोक्किन पुगेका हुन्।

प्रदेश ३— ०१—०२२ च ०९३९ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो भने बा २१ च ६०१० नम्बरको स्कार्पिओ गाडीमा पनि ठोक्किन पुगेको हो। स्कार्पिओ गाडी पार्किङमा राखिएको थियो।

ती दुबै सवारीसाधनमा पनि सामान्य क्षति पुगेको छ।

दुर्घटनामा परी घाइते हुनेहरूकको डा ईवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। सबैको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक जिसीले बताए।

चारै वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले यससम्बन्धी थप अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार