सुतेकै ठाउँमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका— ३ का ४० वर्षीय विष्णु ऋषिदेवको सुतैकै ठाउँमा शुक्रबार बिहान हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

प्रहरीका अनुसार मृतकको घाँटीमा धारिलो हतियार प्रहार गरिएको छ । शुक्रबार बिहान प्रहरी घटनास्थल पुग्दा घरभित्र खाटमा लडिरहेको अवस्थामा शव फेला पारेको थियो ।
मृतक पुरुष अर्धनग्न अवस्थामा छन् । घटनास्थल रगताम्य रहेको प्रहरीले बताएको छ । गछिया खोला छेउको ऐलानी जग्गामा बनाएको छाप्रोमा विष्णु एक्लै बस्थे ।
बिहान अबेर सम्म नउठेपछि बोलाउन गएका साथीहरुले हत्या गरिएको अवस्थमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले संकास्पदमाथि अनुसन्धान सुरु गरेको छ ।
