• सोमबार, असोज १२ २०८३

औषधी कालोबजारी गरेको आरोपमा एक पक्राउ


शुक्रबार, जेष्ठ ७ २०७८
660
Shares


औषधी कालोबजारी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सिरहा घर भई हाल विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित विराट अस्पताल नजिक पश्चिमवासी फार्मेसी सञ्चालन गर्ने २२ वर्षीय रविन्द्र महतोलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए।

उनले आफ्नो फर्मेसीमा दुई वटा रजिष्टर राखेका थिए। एउटामा औषधीको वास्तविक मूल्य राख्ने र अर्कोमा बढी मूल्य लेख्ने गरेका थिए।

विराट मेडिकल कलेजमा उपचाररत् सिरहाका ४५ वर्षीय एक पुरुषले अस्पतालमा औषधी लिन जाँदा बढी मूल्य लिएको थाहा पाए लगतै प्रहरीलाई खबर गरेपछि फर्मसीबाटै पक्राउ गरेको डिएसपी राईले बताए।

उनीमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार