• सोमबार, असोज १२ २०८३

२२ लाख नगदसहित तीन हुण्डी कारोबारी पक्राउ


बिहिबार, जेष्ठ ६ २०७८
605
Shares


हुण्डी कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

मोरङ प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर ११ स्थित रोडशेष चोकबाट तीन जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई प्रहरीले झण्डै २२ लाख रुपैयाँसहित बिहीबार ३ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले जानकारी दिए।

पक्राउ पर्नेमा विराटनगर वडा १३ का २५ वर्षीय श्रवण साह, ३३ वर्षीय अमृतकुमार साह र रंगेली नगरपालिका वडा १ का २५ वर्षीया जिज्ञासा चौधरी छन्।

प्रहरीले श्रवणबाट २१ लाख ७१ हजार ५०० रुपैयाँ बरामद गरेको हो।त्यस्तै जिज्ञासाबाट २३ हजार भारतीय रुपैयाँ फेला पारेको हो।

उनीहरूबाट विभिन्न बैंकको चेक समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार