काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षण गर्दा ८ हजार ३०५ जनामा पोजेटिभ देखिएको हो।
यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।
संस्थागत आइसोलेसनमा ७ हजार ८ सय १४ जना संक्रमित छन् । उनीहरुमध्ये १ हजार ७ सय ४८ जना आईसीयूमा छन्, जसमध्ये ४ सय ९२ जनालाई भेल्टिलेटर सपोर्ट दिइएको छ ।


मन्त्रालयका अनुसार ६ हजार ५ सय ४३ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्।
त्यस्तै यस अवधिमा १९० जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ।
