कोरोना संक्रमणका कारण जिल्ला अस्पताल बैतडीका एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

डडेल्धुरा अस्पतालमा उपचारका क्रममा दशरथचन्द नगरपालिका— ४ घर भएका ४५ वर्षीय पुरूषको बिहीबार दिउँसो मृत्यु भएको हो।
बैतडी जिल्ला अस्पतालमा उनी मेडिकल रेकर्डरका रूपमा कार्यरत थिए।
उनको स्वास्थ्यमा जटिलता देखिएकाले ५ दिनअघि बैतडीबाट डडेल्धुरा रिफर गरिएको थियो।
उनमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो।
डडेल्धुरा अस्पतालको आइसियूमा उपचाररत उनको मृत्यु भएको जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बसन्तराज जोशीले बताए।
