काठमाडौं । अर्को हप्ताबाट कतार र चीनमा नियमित उडान हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडसम्बन्धी सहज आपूर्तिको लागि कतार र चीनमा उडान खुल्ला गर्ने निर्णय गरेसँगै नेपाल एयरलान्स र हिमालय एयरलाइन्सले उक्त देशमा नियमित उडान गर्ने भएका हुन्।

कोभिड रोकथाम, नियन्त्रण तथा उपचारसँग सम्बन्धित सहज आवतजावतका लागि कतार र चीनमा उडान गर्न नेपाली वायुसेवा कम्पनीले सहज उडान गर्न अनुमति दिने निर्णय भएको तर नियमित उडानमा यात्रु जान पाउने वा नपाउने स्पष्टता मन्त्रालयले गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिएका छन ।
