काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सयको दरले बढेको छ ।
बुधबार तोलाको ९३ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार ९३ हजार ७ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर १२ सय ६० रुपयाँमा झरेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।