• सोमबार, असोज १२ २०८३

स्पेनबाट १४ करोडको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो


बिहिबार, जेष्ठ ६ २०७८
885
Shares

काठमाडौं स्पेनले सहयोग स्वरुप दिएको १४ करोडको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

आइबेरिया एयरलाइन्सले आज स्पेनले नेपाललाई उपलब्ध गराएको कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो।

स्पेनले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई १४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो।

भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पीपीई लगायतका ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ। १५ रेस्पिरेटर, १० अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख एफएफपी २ फेस मास्क र १ लाख २५ हजार एन्टीजेन किट समेत नेपाल पठाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार