काठमाडौं । पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन नपाइने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

निषेधाज्ञामा खाद्यवस्तु, औषधि, स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेकका अरु पसल व्यवसाय विहान ८ बजेसम्म मात्र खोल्न पाइनेछ भने अत्यावश्यक काममा बाहेक सवारी साधन पनि चलाउन पाइने छैन ।